राप्रपा अलग पहिचान बोकेको पार्टी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई

विदुर खबर २०७५ साउन २५ गते १२:१५

Advertisement

पोखरा,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताउनुभयो ।

Advertisement

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उहाँले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गर्नुभयो । पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उहाँको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया