प्रदिपको ‘खै त तिम्रो बुट्टे सारी’मा सुमी मोक्तान ( भिडियो )

विदुर खबर २०७८ साउन ३१ गते २०:२२

काठमाडौँ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

Advertisement

लोक सेलोमा आधारित यस गीतमा हस्त लामा ( हार्दिक )को शब्द, संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा चर्चित ग्रुप  भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन्।  सुर्य लामाले छायांकन र सम्पादन गरेको यस भिडियोलाई निर्मल कुमार लामा ( बिजी )को निर्देशनमा तयार पारिएको हो।  गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा अफ़िसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

Advertisement

विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्। ‘मोहनी लाईदिउकि’,   ‘मायाले बोलाको’,  ‘हेलम्बु माथी’,  ‘मायालुले’,  लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन्।

गायक लामाले  नेपाली बाहेक, टिबेटिन,  तामाङ,  ह्योल्मो,  भाषामा पनि गीत सार्वजनिक गरिसकेका छन्।

Advertisement

प्रतिक्रिया