सानिमा लाइफको आइपीओ भोलि ११ बजे बाँडफाँड हुने
नुवाकोट । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइप्पीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आइपीओ भोलि ११ बजे सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिने भएको हो।
सानिमाको आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आइपीओको ६.८४ गुणा बढी हो। यसमा केहि आवेदन रद्द हुन सक्नेछन्।
कम्पनीले बिक्रीमा ल्यएको आइपीओमा आवेदन गर्ने कुल आवेदकमध्ये ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाउनेछन् ।
सानिमा लाइफले साउन २० गतेदेखि २४ गतेसम्म कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो जसमा कम्पनीले कर्मचारीलाई ३ लाख कित्ता शेयर र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएको छ भने बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया