तारकेश्वरको चार वडामा माओवादी केन्द्रको वडा कमिटि गठन

नुवाकोट । नेकपा माओवादी केन्द्रले नुवाकोटको विभिन्न स्थानिय तहमा पार्टीको संगठन निर्माणलाई तिव्रता दिएको छ ।
यसैक्रममा माओवादी केन्द्रले तारकेश्वर गाउँपालिका वडा नम्बर १, ३, ५ र ६ मा वडा कमिटि गठन गरेको छ ।
वडा नम्बर १ मा बमबहादुर तामाङलाई इन्चार्जको जिम्मा दिँदा बिजय तामाङलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै तोयानिधि पौडेललाई अध्यक्षको जिम्मेवारी दिँदा सचिबमा रमेशबहादुर तामाङ चयन भएका छन् ।
यस्तै वडा नम्बर ३ को अध्यक्षमा केशब रिमाल चयन हुँदा बद्रि ढुङ्गानाले सचिवको जिम्मेवारी पाएका छन् । यस्तै वडा नम्बर ५ मा सुर्य गजुरेलको अध्यक्षतामा वडा कमिटि चयन गरिएको छ भने भिमबहादुर तामाङले सचिवको जिम्मेवारी पाएका छन् ।
त्यस्तै वडा नम्बर ६ मा राजु रिजालको नेतृत्वमा वडा कमिटि गठन गरिएको छ । सचिवको जिम्मेवारी जितबहादुर तामाङले पाएका नेकपा माओवादी केन्द्रका नेता सोमवहादुर तामाङले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया