विदु नगरपालिकामा भेरोसेलको दोस्रो डोज खोप लगाउने वारे सूचना

नुवाकोट । विदुर नगरपालिकाले कोरोना भाइरस अर्थात कोभिड–१९ विरुद्ध खोप (भेरोसेल) को दोस्रो डोज लगाउने दिनको टुङ्गो लगाएको छ ।
यहि श्रावण ४ र ५ गते कोभीड–१९ विरुद्धको खोप भेरोसेल पहिलो डोज लगाएका व्यक्तिहरुले २०७८÷०४÷२९ गते विहान १० बजेदेखि ४ बजेसम्म पहिलो खोप लगाएको स्थानमा गएर दोस्रो खोप लगाउन सक्ने विदुर नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
खोप लगाउन आउदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु पर्ने, खोप लगाउन आउँदा पहिलो खोप लगाएको कार्ड अनिबार्य ल्याउनु पर्ने बताइएको छ ।
खोप लगाइने स्थानहरु निम्न रहेका छन् ।
वडा नम्बर–१ः– सहरी स्वास्थ्य केन्द्र,बान्द्रे नर्सरी
वडा नम्बर–२ः– नुवाकोट हेपो नुवाकोट
वडा नम्बर–३ः–खड्कभंज्यांङ्ग हेपो
वडा नम्बर–४ः– सहरी स्वास्थ्य केंद्र बट्टार
वडा नम्बर–५ः– सहरी स्वास्थ्य केन्द्र माझिटार
वडा नम्बर–६ः–सहरी स्वास्थ्य केंद्र इनारपाटी
वडा नम्बर–७ः–तुपचे हेपो. तुपचे
वडा नम्बर–८ः– राईसिंग चौतारा खोप केन्द्र, राईसिंग
वडा नम्बर–९ः– सूर्य ज्योति बोर्डिंग स्कूल कोलोनी
वडा नम्बर–१०ः–सहरी स्वास्थ्य केन्द्र, गेर्खुटार
वडा नम्बर–११ः– गेर्खु हेपो.,गेर्खु
वडा नम्बर–१२ः–चारघरे हेपो, चारघरे
वडा नम्बर–१३ः– कल्याणपुर हेपो, देउडी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया