ककनी २ मा एमालेको वडास्तरीय भेला सम्पन्न
नुवाकोट । नेकपा एमालेको ककनी गाउँपालिका वडा नम्बर २ मा वडास्तरीय भेला सम्पन्न भएको छ ।
वडा नम्बर २ स्थित काउलेथानामा सम्पन्न भएको भेलाले प्रेमबहादुर तामाङको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा पञ्चकन्या गाउँपालिकाका ईञ्चार्ज दिपक कार्कीले जानकारी दिए । यस्तै आजै भएको भेलाले रामशरण थापाको संयोजकत्वमा २० सदस्यीय वडा युवासंघ कमिटी समेत गठन गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले नुवाकोटका जिल्ला अध्यक्ष एंव बागमती प्रदेश सांसद बद्री मैनाली, एमाले नुवाकोटका सचिब काशीराज अधिकारी, ककनी वडा नम्बर १ का वडाध्यक्ष तथा ककनी गाउँपालिका ईञ्चार्ज चन्द्रबहादुर श्रेष्ठ बलामी ,जिल्ला सचिवालय सदस्य एंव पञ्चकन्या ईञ्चार्ज दिपक कार्की, एमाले ककनी गाउँपालिका अध्यक्ष जनार्दन अधिकारी, युवा संघ ककनी गाउँपालिका संयोजक बिनोद तामाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा माओवादी,कांग्रेस लगायत अन्य पार्टी परित्याग गरेका एकदर्जन युवाहरु एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेकाहरुलाई जिल्ला अध्यक्ष बद्र मैनाली लगायतले माला र खादा लगाएर स्वागत गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया