काँग्रेसभित्र किचलो : संस्थापन पक्षविरुद्ध मोर्चाबन्दी गर्दै जिल्ला सभापतिहरु
नुवाकोट । समयसिमा भित्रै महाधिवेशन नभएर पार्टीको वैधानिकता गुम्ने खतरा बढे संगै सत्तसिन दल नेपाली काग्रेसभित्र आन्तरीक किचलो शुरु भएको छ ।
नेतृत्वको असक्षमताका कारण पार्टीको वैधानिकता माथि प्रश्न उठेको भन्दै नेताहरुले पार्टीभित्र छुट्टाछुट्टै बैठक भेला गर्न थालेका छन् । तोकिएको समयसिमा भित्र महाधिवेशन नहुने पक्का भएपछि खासगरि संस्थापन इतर पक्षका नेताहरु एकजुट हुदै सभापति देउवाको नेतृत्व क्षमता माथि प्रश्न उठाइरहेका छन् । महाधिवेशनको विषयलाई लिएर संस्थापन इतर पक्षका शीर्ष नेताहरुको दिनहु बैठक बसिरहेको बेला नेतृत्वको कार्यक्षमता माथि प्रश्न उठाउदै संस्थापन इतर पक्षको जिल्ला सभापतिहरुको भेला सोमबार देखि काठमाडौंमा चलिरहेको छ ।
ठमेलको होटल यात्रीमा चलेको भेलामा ४२ जिल्लाका जिल्ला सभापतिले सहभागिता जनाएको काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले जानकारी दिनु भएको छ । जस मध्य विभिन्न कारणले राजधानी आउन नसकेका १३ जिल्ला सभापतिले अनलाईन मार्फत सहभागिता जनाएर आफ्नो भनाई राखेको उहहाँले बताउनु भएको छ ।
जिल्ला सभापतिहरुको भेलामा मुख्यगरि क्रियाशिल सदस्यता विवाद, १४औं महाधिवेशन, सभापति देउवा नेतृत्वको ठगबन्धन सरकारको प्रभावकारीता र पार्टी भित्रको पुर्ण एकताको बारेमा छलफल भैरहेको छ । काभ्रे जिल्ला सभापति आचार्यले जानकारी दिए अनुसार सोमबार २५ जना जिल्ला सभापतिहरुले धारणा राखेका छन् भने मंगलबार बाकि जिल्ला सभापतिहरुले धारण राख्नेछन् । जिल्ला सभापतिहरुको छलफल पति निस्केको निष्कर्ष कार्यन्वयन गराउन सभापति शेरवहादुर देउवालाई दबाव दिइने आचार्यले बताउनु भएको छ ।
जिल्ला सभापतिहरुको भेलामा क्रियाशिल सदस्यता बारे छलफल गर्दै क्रियाशिल सदस्यताको विवरण तत्काल पार्टीको आधिकारीक वेभसाइटमा राख्नु पर्ने भन्दै त्रुटी देखिए रायसुझाव दिन सम्बन्धित जिल्लालाई केहि दिन समय दिनुपर्ने बताएका छन् । जिल्लाको रायसुझावको आधारमा क्रियाशिल सदस्यता परिमार्जन गरेपछि मात्र महाधिवेशनको नामावलिको रुपमा ग्रहण गर्न सकिने जिल्ला सभापतिहरुले बताएका छन् ।
महाधिवेशनको बारेमा जिल्ला सभापतिहरुले पार्टीको वैधानिकता संग अरु कुनै विषयको सम्झौता नहुने भन्दै समयसिमा भित्रै महाधिवेशनका गनुृपर्ने माग गरेका छन् । पार्टीको वैधानिकता नै गुम्ने गरि खतरा मोल्न नसकिने भन्दै भदौ २३ भित्र महाधिवेशन गर्न विकल्पहरु खोज्न नेतृत्वलाई सुझाव दिएका छन् । संस्थापन इतर पक्षले क्रियाशिल सदस्यता विवाद भैरहेको बेला विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनु पर्ने माग गरिरहेका छन् । महाधिवेशनको कार्यतालिका, निर्वाचन निर्देशिका बारे छलफल गर्न काग्रेस केन्द्रिय समिति बैठक श्रावण २८ गते बस्दै छ ।
सभापति देउवा नेतृत्वको गठबन्धन सरकारको बारेमा छलफल गर्दै जिल्ला सभापतिहरुले अघिल्लो सरकारले गरेको सम्पुर्ण असंवैधानिक कार्य खारेज गर्नुपर्ने भन्दै सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताएका छन् । अघिल्लो पटक देउवा नेतृत्वको सरकारले घोषणा गरेको वृद्धभत्ता उपलब्ध गराउने उमेर घटाउने, वृद्धवृद्धाहरुलाई उपचार लगाएत अनय सुविधा दिने जस्ता निर्णयहरु कार्यानवयनमा ल्याउनु पर्ने पनि जिल्ला सभापतिहरुले बताएका छन् ।
पार्टी भित्रको पुर्ण एकताका बारेमा छलफल गर्दै जिल्ला सभापतिहरुले यसको लागि सभापति देउवाले लचकता अपनाउनु पर्ने निष्कर्ष निकालेका छन् । मुलुक निर्वाचनको सन्मुखमा छ भन्दै जिल्ला सभापतिहरुले भनेका छन्– आउदो निर्वाचन काग्रेसले जित्न आन्तरिक एकता हुनु अनिवार्य छ । यसको लागि पार्टी भित्रको पुर्ण एकताको लागि सभापति देउवाले हदै सम्मको लचकता अपनाउनु पर्ने र आवश्यक परे त्याग समेत गर्नुपर्ने जिल्ला सभापतिहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया