नुवाकोटको विदुर नगरपालिकामा कोरोना संक्रमित बढ्दै

विदुर खबर २०७८ साउन २३ गते २१:००

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

Advertisement

जिल्लाको सदरमुकाम समेत रहेको विदुर नगरपालिकामा मानिसहरुको आवतजावत बढैसँगै कोरोना संक्रमितको संख्या समेत दैनिक रुपमा बढ्दै गएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नगरपालिकाका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७४ पुगेको छ । संक्रमितमध्ये एकहजार ६ सय २८ पुरुष र एक हजार ४६ महिला रहेका छन् ।

Advertisement

यस्तै नगरपालिकाका २ सय ४४ जना हाल आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

विदुर नगरपालिकामा हालसम्म ३ हजार ३ सय ८१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया