तारकेश्वर गाउँपालिकामा एकैदिन २६ जना संक्रमित थपिए

विदुर खबर २०७८ साउन २३ गते २०:४२

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा एकैदिन २६ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणमा तारकेश्वर गाउँपालिकाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये १७ महिला र ९ पुरुष रहेका छन् ।

यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ सय ७६ पुगेको छ । संक्रमितमध्ये ४ सय ४४ पुरुष र ४ सय ३२ महिला रहेका छन् ।

Advertisement

संक्रमितमध्ये एकसय ३३ जना आइसोलेसन वार्डमा उपचाररत रहेको तारकेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

तारकेश्वर गाउँपालिकामा हालसम्म २ हजार २९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया