तारकेश्वर गाउँपालिकामा एकैदिन २६ जना संक्रमित थपिए
विदुर खबर
२०७८ साउन २३ गते २०:४२
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा एकैदिन २६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणमा तारकेश्वर गाउँपालिकाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये १७ महिला र ९ पुरुष रहेका छन् ।
यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ सय ७६ पुगेको छ । संक्रमितमध्ये ४ सय ४४ पुरुष र ४ सय ३२ महिला रहेका छन् ।
संक्रमितमध्ये एकसय ३३ जना आइसोलेसन वार्डमा उपचाररत रहेको तारकेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
तारकेश्वर गाउँपालिकामा हालसम्म २ हजार २९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया