नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोनाका संक्रिय संक्रमितको संख्या बढ्दै गएको छ ।
पछिल्ला एकसाता यता जिल्लामा कोरोना संक्रमितको ग्राफबढेपछि जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६४ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ३१ पुगेको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार गत २४ घण्टामा जिल्लामा एकसय एक जनाको पिसिआर र ७८ जनाको एन्टीजेन परिक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तारकेश्वर गाउँपालिकाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने विदुर नगरपालिकामा २० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै बेलकोटगढी नगरपालिकामा ७ जना संक्रमित थपिँदा लिखु गाउँपालिकामा ५ जनामा कोरोजना संक्रमण पुष्टि भएको छ ।
यस्तै किस्पाङ गाउँपालिकामा ३ जना संक्रमित थपिँदा सुर्यगढी गाउँपालिका, तादी गाउँपालिका र म्यागङ गाउँपालिकामा समान एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार एकसय ५ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किउका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ हजार ४ सय ३२ पुगेको छ ।
जिल्लामा रहेका कुल सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ८४ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा र २२ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
कोरोना संक्रमणबाट हालसम्म नुवाकोटमा ४२ जनाको मृत्यु भइसकेको छ । नुवाकोटमा हालसम्म २४ हजार २ सय १६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया