पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

विदुर खबर २०७८ साउन २१ गते २१:०२

नुवाकोट । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Advertisement

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया