विदुर नगरपालिका तोडफोड प्रकरण : ६ जना वडाध्यक्षविरुद्ध उजुरी
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको कार्यालयमा सोमवार भएको तोडफोडको घटनालाई लिएर विदुर नगरपालिकाले आफै वडाका ६ जना वडाध्यक्षविरुद्ध प्रहरी र प्रशासनमा उजुरी दर्ता गराएको छ ।
नगरपालिकाको कार्यालयले उनीहरुविरुद्द फौजदारी संहिता २०६४ अनुसार कारवाहीको माग गर्दे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो ।नगरपालिका तोडफोड गरेको आरोपमा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाही, वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल, वडा नम्बर ७ का वडाध्यक्ष महेन्द्र तामाङ, वडा नम्बर ८ का वडाध्यक्ष फैसिङ तामाङ, वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपाल, वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङविरुद्ध मुद्धा दर्ता गरि कारवाहीको माग गरिएको छ ।
सोमवार विदुर नगरपालिका वडा नम्बर १३ मा कार्यान्यनमा आएको सुन्तला कागती पकेट क्षेत्रको सम्बन्धित काममा अनियमितता भएको भन्दै कांग्रेस कार्यकर्ताहरुले नगरपालिकामा तालाबन्दी गर्ने क्रममा नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको थियो । झडपमा परि कांग्रेसको तर्फबाट विदुर नगरपालिकाको उपमेयरका प्रत्यासी गिता अमात्य, तरुण दल वडा नम्बर १३ का अध्यक्ष रामचन्द्र लामा र ३ जना प्रहरी घाइते भएका थिए ।
नगरपालिकामा भएको तोडफोडबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया