मैलुङ खोलाको आइपीओमा २१ लाख १८ हजारले दिए आवेदन
नुवाकोट । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिनसम्ममा २१ लाख भन्दा धेरैले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंगलबारसम्ममा कम्पनीको आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणमा जम्मा ६ लाख ६८ हजार ७४६ कित्ता शेयर बिक्रीमा ल्याएकोमा हालसम्म परेको आवेदनलाई आधार मन्दा १४ लाख ५० हजार १७९ जना आवेदकको हात खाली हुने देखिएको छ। तर अझै बैंक मार्फत आवेदन दिने कतिपय आवेदकको आवेदन गणना हुन बाँकी छ भने यसमा केहि आवेदन रद्द समेत हुनेछन्।
कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँट गर्ने छ।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया