विदुरमा वितरित पानी धमिलो र महँगो भएपछि प्रशासनमा उजुरी

विदुर खबर २०७८ साउन १७ गते १९:३४

नुवाकोट । नुवाकोटको सदरमुकाम विदुरमा वितरित खानेपानी महँगो र धमिलो भएपछि उपभोत्ताले प्रशासनमा उजुरी दिएका छन् ।

Advertisement

उपभोत्ताको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिमार्फत संचालित तेस्रो खानेपानी आयोजनाको विषयमा गत सोमवार वृहत छलफल गराएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा समितिमार्फत वितरण हुँदै आएको पानी धमिलो आएको। पानीको शुल्क अत्याधिक निर्धारण गरिएको र जडान भएका धारामा पानी नआएको भन्दै गुनासो गरेकोले छलफल गराइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

हाल विदुर खानेपानी तथा सरसफाइ उपभोत्ता समितिमार्फत कार्यान्यनमा रहेको तेस्रो साना सहरी खानेपानी आयोजनाको निर्माण सकिएर दोस्रो चरणमा पुगेको छ । तर समितिमार्फत कार्यान्वयन भइरहेको तेस्रो साना सहरी खानेपानी आयोजनाको निर्माण कार्य पुर्ण रुपमा सकिएको छैन । पानी वितरण प्रणाली व्यवस्थित बनाउनुपर्ने, केही क्षेत्रमा मुख्य पाइपलाइन नै मजबुत बनाउन बाँकी रहँदारहदै आयोजना दोस्रो चरण पुगेको जनाएपछि प्रशासनले समितिको ध्यानाकर्षण गराएको हो ।

Advertisement

आयोजनाले सडकमा बिछ्याएको पाइप मापदण्ड अनुसार नरहेको, घरघरमा मिटर व्यवहारिसे पााले जडान गरेको गुनासो उपभोत्ताले गर्दे आएका छन् । आयोजनाले गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेंसी रसुवागढी सडक योजनाको सडकमा निर्धारण गरिएको २१ मिटर पछाडी मुल पाइप गाड्नुपर्नेमा आफुखुशी १५ मिटरभित्र्र गाडेको छ ।

विदुर क्षेत्रमा योजनाको काम शुरु हुँदा सडकमा गाडिएको पाइप सबै झिक्नुपर्ने अवस्था आउने भन्दै उपभोत्ताले चिन्ता व्यक्त गरेका छन् । समितिले हाल जारी गरेको पानीको महसुल वैज्ञानिक पद्धति अनुसार नभई अत्याधिक बढी रहेकोले मुल्य समायोजन गर्न उपभोत्ता समितिलाई सहभागिले आग्रह गरेका छन् ।

Advertisement

कार्यक्रममा विदुर खानेपानी उपभोत्ता समितिका अध्यक्ष नारायणवहादुर नेपालले आयोजनामा भएको ढिलाई र थप क्रृण सहायताको लागि एडिबिले प्रस्ताव गरेको दररेटमा सम्झौत ागर्न बाध्यकारी भएको बताए । उनले आयोजना सम्पन्न गर्न थप रकम आवश्यक रहेको भन्दै महसुल दर बढी नै तोकिएको बताए । तर कार्यान्यनको चरणमा भने महसुल घट्ने उनले जानकारी दिए ।

आयोजनाको दिगोपनको लागि संस्थागत रुपमा बढी दररेटमा सहमति गर्नु परेपनि उपभोत्तालाई हाल तोकिएको दररेटमा समायोजन हुने बताए । विदुर नगरपालिकाका ५ हजार ४ सय २५ घरधुरीले विदुर खानेपानी उपभोत्ता समितिमार्फत खानेपानी सुविधा लिइरहेका छन् ।

प्रतिक्रिया