बागमती प्रदेशमा दुर्घटनाका घटना ९१ प्रतिशतले बढ्यो

विदुर खबर २०७८ साउन १६ गते २१:००

नुवाकोट । बागमती प्रदेशमा सवारी दुर्घटनाका घटना बढेको पाइएको छ ।

Advertisement

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ९१ प्रतिशतले दुर्घटनाका घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष १ हजार ५सय २१ वटा सवारी दुर्घटना भएको जनाइएको छ । प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा गत आर्थिक वर्ष २०७७-७८ मा १ हजार ५सय २१ वटा सवारी दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ७ सय ९३ दुर्घटना भएका थिए । यस्तै गत वर्ष सवारी दुर्घटना सम्बन्धि मुद्धामा दर्ता ११ प्रतिशतले कमि आएको प्रहरीको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा सवारी दुर्घटनाका २ सय ९५ वटा मुद्धा दर्ता भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ३ सय ३३ मुद्धा प्रहरीमा परेको थियो ।

यसैगरि गत वर्ष ३ सय ४९ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएकामा अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ४ सय ७ जनाको ज्यान गएको थियो । गत वर्ष सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा १४ प्रतिशतले कमी आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एवम् प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया