मैथली खोल्सा सडकखण्ड अस्थायी रुपमा पुनः सुचारु
नुवाकोट । शुक्रवार राती परेको वर्षाको कारण अवरुद्ध बनेको मैथली खोल्सा सडकखण्ड अस्थायी रुपमा पुन सुचारु भएको छ ।
मैथली तालिम केन्द्रको विदुर तर्फको खोलाको पुलमा १३ गते राती पुगेको क्षति मर्मत गरेर आंशिक रुपमा सुचारु भएकोमा शुक्रबार रातीको पानीले पुनः क्षति पुराएसगै सवारी आवागमन अबरुद्ध भएको थियो ।
गएको बुधबार राती ८ बजेदेखि पूर्ण रुपमा ठप्प भएको सडक माटो भरेर बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएपनि शुक्रबार रातीको अविरल वर्षाले बगाएसगैँ पुनः सडक अबरुद्ध बनेको हो ।
पुलको जगमा नै क्षति पुगेर सडक अबरुद्ध हुदाँ विदुरबाट मैथली ब्यारेक हुदै बट्टार आउजाउ गर्न बन्द भएको सडक तत्कालको लागी आशिंक रुपमा ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ योजनाले खुलाइदिएको हो । उत्त स्थानमा ह्युम पाइप राखेर थप व्यवस्थित बनाएर हल्का सवारीसाधन संचालनको व्यवस्था मिलाइएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ आयोजनाको प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
बाढीले ह्युम पाइप बगाएपछि अवरुद्ध सडक झन्डै २२ घण्टापछि खुलेको हो । सडकमा तत्कालका लागि मोटरसाईकल र हलुका सवारी साधन संचालन गर्न सकिने भएको छ । हेवी गाडीहरु भने संचालन गर्न दिइएको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया