पछिल्लो २४ घण्टामा ३१०६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

विदुर खबर २०७८ साउन १६ गते १७:५७

नुवाकोट । पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभरका विभिन्न प्रयोगशालमा ९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

 

प्रतिक्रिया