नुवाकोटमा सक्रिय संक्रमित ५ सय १८ पुगे

विदुर खबर २०७८ साउन १५ गते १७:४०

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १८ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १८ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका २४ जना रहेका छन् ।

Advertisement

त्यस्तै किस्पाड गाउँपालिकाका ७ जना,तारकेश्वर गाउँपालिकाकामा ६ जना संक्रमित थपिदा बेलकोटगढी नगरपालिका र तादी गाउँपालिकामा समान ४ जना संक्रमित थपिएका छन् ।

यस्तै सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकामा एक एक जना कोरोना संक्रमित थपिएको कार्यलयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १८ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ७३ जना होम आइसोलेसनमा, आइसोलेसन सेन्टरमा २३ जना र अस्पतालमा २२ जना उपचाररत रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । यससँगे नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

जिल्लामा हालसम्म २३ हजार २ सय ५२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया