कोरोना संक्रमित बढेपछि भरिंदै आईसीयू र भेन्टिलेटर
नुवाकोट । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १६० भेन्टिलेटर र ६३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् ।
बागमती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा १६ आईसीयू र चार जना भेन्टिलेटर, सुदुरपश्चिम प्रदेशमा सात आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । यसअघि बुधबार ६ सय ११ आईसीयू र १ सय ६८ भेन्टिलेटरमा उपचाररत र १२ साउनमा ६सय ११ आईसीयू र १ सय ७१ भेन्टिलेटरमा थिए ।
त्यस्तै, बिहीबार देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजधानी दैनिकमा समाचार छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया