हेटौंडामा ६५ किलो गाँजासहित २ जना पक्राउ
विदुर खबर
२०७८ साउन १४ गते २१:१५
नुवाकोट । निषेधाज्ञा जारी रहेको मकवानपुरमा प्रहरीले दिनहुँ जसो लागुऔषध बरामद गरिरहेको छ ।
बुधबार मध्यरात पनि प्रहरीले एक स्कर्पियोबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९, नेवारपानीस्थित सडकखण्डमा चेक गर्ने क्रममा स्कर्पियोबाट गाँजा बरामद गरेको थियो ।
मनहरीबाट हेटाटैाँतर्फ आउँदै गरेको बा. ११ च ९५०९ नम्बर स्कर्पियो चेक गर्दा गाडीमा लुकाइल्याएको गाँजा ६५ किलो फेला परेको प्रहरीले जनाएको छ ।
चालक चितवनको भरतपुर महानगरपालिका वडा–२०, चनौली बस्ने वर्ष ३८ का रोशन परियार र स्कर्पियोका यात्री मकवानपुरको राक्सिराङ गापा वडा–६ बस्ने वर्ष ४३ का ललित तामाङलाई गाँजा र स्कर्पियोसहित नियन्त्रणमा लिइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया