हेटौंडामा ६५ किलो गाँजासहित २ जना पक्राउ

विदुर खबर २०७८ साउन १४ गते २१:१५

नुवाकोट । निषेधाज्ञा जारी रहेको मकवानपुरमा प्रहरीले दिनहुँ जसो लागुऔषध बरामद गरिरहेको छ ।

Advertisement

बुधबार मध्यरात पनि प्रहरीले एक स्कर्पियोबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९, नेवारपानीस्थित सडकखण्डमा चेक गर्ने क्रममा स्कर्पियोबाट गाँजा बरामद गरेको थियो ।

Advertisement

मनहरीबाट हेटाटैाँतर्फ आउँदै गरेको बा. ११ च ९५०९ नम्बर स्कर्पियो चेक गर्दा गाडीमा लुकाइल्याएको गाँजा ६५ किलो फेला परेको प्रहरीले जनाएको छ ।

चालक चितवनको भरतपुर महानगरपालिका वडा–२०, चनौली बस्ने वर्ष ३८ का रोशन परियार र स्कर्पियोका यात्री मकवानपुरको राक्सिराङ गापा वडा–६ बस्ने वर्ष ४३ का ललित तामाङलाई गाँजा र स्कर्पियोसहित नियन्त्रणमा लिइएको छ ।

Advertisement

प्रतिक्रिया