कांग्रेसमा ४ लाख बढी नयाँ क्रियाशील सदस्य थपिए
नुवाकोट । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।
क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६ सय ७८ जनाले नवीकरण गरेका छन् । १३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य रहेका थिए । कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको छ ।
प्रतिवेदनअनुसार देशभरका कुल क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४ सय ३८ पुरुष र १ लाख ९९ हजार ९७ जना महिला रहेका छन् ।विदेशमा रहेका क्रियाशील सदस्य संख्या भने १ सय ७६ रहेका छन् । समितिले उमेर समूहअनुसार पनि क्रियाशील सदस्यहरूको वर्गीकरण गरेको छ । कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या झन्डै ३ लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४ सय २७ रहेको छ भने २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७ सय ७४ क्रियाशील सदस्य रहेको छ ।त्यसै गरी, ४१–६० वर्षका ३ लाख २८ हजार २ सय ३४ क्रियाशील सदस्य छन् भने ६१–७५ उमेर समूहका क्रियाशील सदस्यको संख्या ८३ हजार १० रहेको छ ।
७६ वर्षमाथिका क्रियाशील सदस्य ११ हजार ७ सय ८२ जना रहेका छन् । कांग्रेसमा क्रियाशील सदस्यता संख्या सबैभन्दा बढी खस–आर्य समुदायको छ । खस–आर्यतर्फ ३ लाख ६७ हजार ६ सय ११ क्रियाशील सदस्य रहेका छन् भने आदिवासी, जनजातितर्फ २ लाख ८ हजार १ सय ५९ जनाले क्रियाशील सदस्यता पाएका छन् । अल्पसंख्यक ६ हजार ८ सय २९, मधेसी ९५ हजार १ सय ४१, मुस्लिम १६ हजार ९ सय ७०, थारू २७ हजार ६ सय १५ र पीछडिएको क्षेत्रका १४ हजार ९ सय १४ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको छ ।
अपांगता भएका क्रियाशील सदस्यता संख्या २ सय १ रहेको प्रतिवेदनमा उल्लेख छ । सात प्रदेशमध्ये सबैभन्दा बढी क्रियाशील सदस्य बागमती प्रदेशमा छन् । वागमतीमा १ लाख ८६ हजार १ सय ४३ क्रियाशील सदस्यता संख्या रहेकोमा कर्णालीमा सबैभन्दा कम ५४ हजार ५ सय ६६ क्रियाशील सदस्य रहेका छन् ।
यसअघि ५ लाख हाराहारीमा सदस्यता रहेको कांग्रेसले दोब्बर बनाउँदै १० लाख सदस्यता बाँड्ने घोषणा गरेको थियो । तर, नवीकरणभन्दा नयाँ सदस्यता लिने ३४ हजार ७ सय ४५ मात्र बढी देखिएका छन् । १३औं महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य संख्या ४ लाख ७० हजार थियो ।सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको यो प्रतिवेदन निर्वाचन समितिलाई बुझाएपछि कांग्रेसमा औपचारिकरूपमा १४औं महाधिवशेनको कार्यक्रम शुरु हुने भएको छ ।
समितिले बारा र सप्तरी जिल्लाको क्रियाशील सदस्यता मिलाउन सकेको छैन । त्यस्तै, धनुषा क्षेत्र नम्बर ४ र सर्लाही–२ को विवाद पनि मिलाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ । क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण यसअघि वडा र गाउँनगरको तोकिएको अधिवेशन कार्यतालिका स्थगित भएको थियो । कांग्रेसले वडा र गाउँनगरस्तरिय अधिवेशनको नयाँ कार्यतालिका अझै सार्वजनिक गर्न सकेको छैन ।
तर, आगामी भदौमा आयोजना गर्ने गरी १४औं महाधिवशेनको कार्यतालिका भने सार्वजनिक गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया