रााष्ट्रिय उपभोक्ता मञ्च नुवाकोटको अध्यक्षमा सापकोटा, सचिवमा गजुरेल
विदुर खबर
२०७८ साउन १२ गते २१:०२
नुवाकोट । रााष्ट्रिय उपभोक्ता मञ्च नुवाकोटको पुनर्गठित कार्यसमितिमा श्री बिस्णुप्रसाद सापकोटा अध्यक्षमा चयन भएका छन् ।
२०६३ सालमा स्थापना भएको रास्ट्रीय उपभोक्ता मञ्च नुवाकोटको कार्यसमितिमा श्री कृष्णलाल श्रेष्ठको अध्यक्षतामा २०७८/३/२४ गते बसेको भेलाले पुनर्गठन गरेको हो। २०७८/३/२५ गते मान्यता पाएको यस उपभोक्ता मञ्च नुवाकोटले विभिन्न हक र अधिकार सम्बन्धि आवाज उठाउँदै आएको छ यस नवगठित कार्यसमितिका पदाधिकारी यस प्रकार रहेका छन् ।
उपाध्यक्ष – श्री राजेन्द्र विक्रम शाह
सचिवमा – श्री हरिशरण गजुरेल
कोषाध्यक्ष -श्री राधा नगरकोटी
सहसचिव – श्री इन्द्रजित धमला
सदस्य – श्री बिस्णुहरी रिमाल
सदस्य – श्री प्रल्हाद सापकोटा
सदस्य – श्री रामचन्द्र अगस्थी
सदस्य – श्री विशाल तामाङ
सदस्य – श्री राजु पण्डित
सदस्य – श्री शुस्मा अधिकारी थपलिया रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया