दुर्घटनामा एकको मृत्यु, १७ घाइते

विदुर खबर २०७५ साउन २३ गते १:२३

राजविराज, सप्तरी कञ्चनरुप नगरपालिकामा  साँझ भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

Advertisement

मृत्युहुनेमा कञ्चनरुप नगरपालिका–११ ठेलियाका ४५ वर्षीय थिरी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–११ ठेलियामा स.८ प ६००३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा धर्मेश्वर अस्पताल ठेलियामा आज मृत्यु हो ।

यसैगरी पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–८ बदगामास्थित माइक्रो बस र बस ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.३ख ८४८५ नंको माइक्रो बसलाई सोही दिशामा जाँदै गरेको को.१ख ४४६८ नंको बसले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो ।

Advertisement

ठक्करबाट माइक्रो बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । गम्भीर घाइते ६ जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ । तीमध्ये सुनसरी दुहवी नगरपालिका–८ सोनापुरका २८ वर्षीय उज्वल रेग्मीको अवस्था चिन्ताजक रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक विष्टले बताउनभयो । अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

अस्पतालको लापर्वाही भन्दै चक्काजाम 

Advertisement

कञ्चनरुप नगरपालिका–११ ठेलियास्थित भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका चौधरीे अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले आज साँझ केही घन्टा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया