नुवाकोटको त्रिशुली अस्पताल ५७ औं वर्षमा प्रवेश

विदुर खबर २०७८ साउन ११ गते १३:१८

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल स्थापनाको ५७औं बर्षमा प्रबेश गरेको छ ।

Advertisement

२०२१ सालमा त्रिशुली जलविद्युत केन्द्रका कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको बिकसित रुप नै आजको त्रिशुली अस्पताल हो । पछि २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुल्ला गरिएसँगै त्रिशुली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताको स्वास्थ्य उपचारको लागि उपयुक्त गन्तव्य बन्दै आएको छ ।

सुरुमा १५ शैय्याबाट सेवा दिन थालिएपनि आवश्यकता अनुसार २०६९ सालमा यो अस्पताल ५० शैय्यामा स्तरोन्न्ति भयो । २०७२ सालको महाभकम्पमा परी पुर्णरुपमा क्षति हुँदापनि अस्थायी टेन्ट प्रयोग गरेर भए पनि यहाँका जनताको स्वास्थ्य उपचार र जीवन रक्षामा यस अस्पतालले नुवाकोट, रसुवा र धादिङ तिनै जिल्लाका नागरिकहरुलाई उपलब्ध गराएको उपचार सेवा सदैब स्मरणीय रहने स्थानीयहरु बताउँछन् ।

Advertisement

२०७३ सालमा अस्पताल परिसरमा प्रि–फ्याबको भवन बन्न सुसरु भयो र सोही भवनबाट अस्पतालको सम्पुर्ण सेवा दिदै आएकोमा अहिले कोरियन सहयोग संस्था कोईकाको सहयोगमा नवनिर्मित अत्याधुनिक भवनबाट अस्पतालले सेवा प्रवाह गरिरहेको छ ।

मुलुक संघीयतामा प्रबेश गरेपछि वागमती प्रदेश सरकार मातहत रहेको यस अस्पताललाई गत वर्ष एक सय शैय्यामा स्तरोन्नति गर्ने घोषणा भएसंगै अस्पतालको सांगठनिक पुनर्संरचनाको लागि ओएनएम सर्भे गर्न सामाजिक विकास मन्त्रालयले पहल गरेको छ भने अस्पताललाई चाहिने थप जग्गा प्राप्तिको लागि नेपाल सरकार मन्त्रीपरिषदसम्म कुरा पुगेको अवस्था छ ।

Advertisement

कुल ५९ जना स्थायी दरवन्दी भएको यस अस्पतालमा २६ जना मात्र दरबन्दी परिपुर्ती भएको प्रतिकुल अवस्थामा पनि अस्पताल संचालन तथा व्यवस्थापन समितिबाट थप कर्मचारीको व्यवस्थापन गरी करिब एकसय ९० जना कर्मचारीले सेवा दिईरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको न्युनतम सेवा मापदण्ड अनुसार ५० बेडका अस्पताल मध्ये उत्कृष्ट ठहरिएको यस अस्पतालले कोभिड महामारीको बिचमा आफ्नै अक्सिजन प्लान्ट, आफ्नै पिसिआर प्रयोगशाला, ६० बेडको कोभिड वार्ड र १२ वटा भेन्टिलेटर सहित २० बेडको आईसियु/एचडियु संचालनमा ल्याई नुवाकोट , रसुवा र धादिङ जिल्लाका जनताको सेवामा अनवरत खटिएर उदाहरणीय कार्य गरेको छ ।

अस्पतालले हाल नुवाकोटसहित रसुवा र धादिडका नागरिकहरुलाई स्वास्थ्य सेवा दिँदै आएको छ ।

प्रतिक्रिया