नुवाकोटमा ६८ जना कोरोनामुत्त

विदुर खबर २०७८ साउन १० गते २१:५९

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६८ जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ९ सय १६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९ जना कोरोना संक्रमित थपिएका छन् । १५ जनाको एन्टीजेन परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ४७ पुगेको कार्यालयको भनाइ रहेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ३ जना विदुर नगरपालिकाका, तादी र म्यागङख गाउँपालिकाका समान २÷२ जना रहेका छन् भने बेलकोटगढी र सुर्यगढमिा एक÷एक जना संक्रमित थपिएका छन् ।

यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९४ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ३० जना होम आइसोलेसनमा, ३८ जना अस्पतालमा र २६ जना आइसोलेसन सेन्टरमा रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।

Advertisement

नुवाकोटमा हालसम्म ३७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म २२ हजार ५ सय जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया