विद्युत प्राधिकरणको नाफा आधा घट्यो
नुवाकोट । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ ।
गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्राधिकरणमा स्वागत गर्दै शाक्यले सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण पनि नाफा खुम्चिएको बताए ।
आन्तरिक उत्पादन घटेका कारण भारतबाट हुने विद्युत आयात बढेको र महामारीका कारण मिटर रिडिङ पनि प्रभावित भएकाले नाफा खुम्चिएको शाक्यको स्पष्टीकरण थियो ।
प्राधिकरणले गत आवर्थि वर्षसम्म ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको थियो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो ।आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाउँदै प्राधिरकण सञ्चित मुनाफामा आइसकेको छ ।
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ आएपछिका आवहरुमा निरन्तर बढ्दो नाफामा थियो ।
प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको थियो ।
तर, गत वर्षबाट प्राधिकरणको नाफा ओरालोतर्फ देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया