एमाले मिलाउने अभियान फेरि सुरु
नुवाकोट । एमाले एकता अभियान फेरि सुरु भएको छ ।
एमालेका विभाजित दुबै समूहका नेताहरु पार्टी मिलाउन सक्रिय बनेका छन् । आइतबार सिंहदरबारबाट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुले पार्टी मिलाउने पहल सुरु गरेका छन् ।
अभियानमा यसअघि विघटित कार्यदलका सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । बैठकमा दुवै पक्षका २७ सांसद्हरुका साथै विघटित कार्यदलका ९ सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट कृष्णप्रसाद दाहाल र वरिष्ठ नेता नेपाल समूहबाट यज्ञराज सुनारेले अभियानको नेतृत्व लिएका छन् ।
बैठकमा यसअघिको कार्यदलले तयार पारको १० बुँदे सहमतिलाई इमान्दारपूर्वक पालना गर्न सके एकता गर्न असम्भव नरहेको ओली समूहका नेतृत्वकर्ता दाहालले बताए । साथै, १० बुँदे सहमतिविपरीत गतिविधिमा नलाग्न पनि उनको सुझाव रहेको थियो ।
बैठकमा नेपाल समूहका नेतृत्वकर्ता सुनुवारले एमाले विभाजनको अधिकार कुनै पनि नेतालाई नरहेको बताएका थिए । अध्यक्ष ओली र नेता नेपालको मात्र एक्लौटी निर्णयले पार्टी चल्न नसक्ने उनको भनाइ छ ।
साथै, यस्तो कदमविरुद्ध लाखौं कार्यकर्ताले हस्तक्षेप गर्नुपर्ने पनि उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया