पछिल्लो २४ घण्टामा २२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

विदुर खबर २०७८ साउन १० गते १८:०८

नुवाकोट । पछिल्लो २४ घण्टामा थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८३४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै यस अवधिमा २०५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

Advertisement

हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।

Advertisement

प्रतिक्रिया