डा केसीकाे अनसन अनुभूति: २५ औं दिनमा अब बाँच्दिनँ जस्तो लागेको थियो

काठमाडौं– २७ दिनसम्म अनसन बसेका डा गोविन्द केसीले २५ औं दिनपछि भने आफूलाई ‘अब बाँच्दिनँ’ भन्ने लागेको बताएका छन्। अनपछिका १२ दिन उपचार गरेपछि मंगलबार पत्रकार सम्मेलनमा अनसन अनुभूति सुनाउँदै यसो भनेका हुन्।
आफू शारीरिक रुपमा कमजोर हुँदै जाँदा पनि सरकार माग पूरा गर्न तत्पर नदेखिएपछि तीन करोड नेपालीका लागि ज्यान दिन मानसिक रुपमा तयार भएको बताए। त्यतिबेला जनताको सरोकारका लागि बरु मर्ने तर अनसन नतोड्ने दृढता बढेको उनले सम्झिए। ‘मर्छु भन्ने डर थिएन’, उनले भने, ‘म आफ्ना मागमा अडिग थिएँ।’
डा केसीले आफू बिरामीको सेवामा रमाउने मान्छे भएकाले ६ हप्तासम्म पनि बिरामीको सेवा गर्न नपाएका कारण दुख लागेको बताए। ‘सरकारले मसँग गरेको सहमति कार्यान्वयन गरेको भए मैले अनसन बस्नुपर्ने थिएन। यति लामो समय बिरामीको सेवाबाट वञ्चित हुनुपर्ने थिएन’, उनले भने, ‘मलाई भनेर कुरिरहेका बिरामीलाई पनि सेवा गर्न सकिनँ। त्यसका लागि म क्षमा माग्छु।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया