नुवाकोटमा निषेधाज्ञा : शैक्षिक संस्थावाहेक सबै क्षेत्र खुल्ला

विदुर खबर २०७८ साउन १० गते ८:५१

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको समयमा शैक्षिक क्षेत्र वाहेक सबै खुल्ला भएका छन् ।

Advertisement

जिल्ला कोभिड व्यवस्थापन समितिले साउन १० गतेसम्म जारी गरेको निषेधाज्ञाको समयमा पनि शैक्षिक संस्थावाहेक सबै क्षेत्रल खुल्ला रहेका छन् । स्थानिय प्रशासनले निषेध आदेशको प्रभावकारी कार्यान्यन नगर्दा निषेधाज्ञाको समयमा सबै क्षेत्र खुल्न थालेका हुन् ।

स्थानिय प्रशासनले निषेधाज्ञाको कडा कार्यान्यन गर्न नसक्दा सबै क्षेत्र खुल्दा जिल्लामा कोरोनाको थप जोखिम बढ्दै गएको छ । स्थानिय प्रशासनले जारी गरेको आदेशको कहिँ कतै पालना भएको छैन ।

Advertisement

होटल र रेष्टुरेण्टका संचालकहरुले स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर व्यवसाय संचालन गरिरहेको दाबप् गरेका छन् । तर सदरमुकाम विदुर लगायतका बजार क्षेत्रमा देखिएको बढ्दो भिडभाड र चहलपहलले स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा कागजमै मात्र समिति भएको छ ।

जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा काि नआएको र जोखिम कायमै रहेको अवस्थामा पनि चहलपहल र भिडभाड बढ्दा संक्रमणको जोखिम झनै बढेको जनस्वासस्थ्यविदहरु बताउँछन् ।

Advertisement

तर स्थानिय प्रशासनले भने संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको पालना गर्नु सबै नागरिकको कर्तव्य रहेको भन्दै कानुनको वर्खिलाप गरे कारवाही गरिने स्पष्ट पारेको छ ।

नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ५३ जना रहेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३८ पुगेको छ । यस्तै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ८ सय ४८ पुगेको छ ।

प्रतिक्रिया