सुर्यगढीका एक दर्जन युवाहरु कांग्रेस प्रवेश

विदुर खबर २०७८ साउन ९ गते १४:१५

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा न ४ हल्देकालिकाबाट विभिन्न पार्टी परित्याग गरेका एक दर्जन युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

Advertisement

उनीहरुलाई पुर्व अर्थमन्त्रि डा. रामशरण महत र नेपाली कांग्रेस नुवाकोटका क्षेत्रिय सभापति धुव्र श्रेष्ठले फुलमाला र टिका लगाएर पार्टी प्रवेश गराएका हुन् । उनीहरुलाई डा. महतले पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरुमा निकेश थापामगर, पुर्णबहादुर थापामगर, बिकास थापामगर, निरज थापामगर,सुरज थापामगर, जगबहादुर थापामगर रहेका छन् ।

Advertisement

यस्तै पार्टी प्रवेश गर्ने अन्यमा मदन थापामगर, रमेश रानामगर र कार्सिङ थापामगर रहेको नेपाली कांग्रेस नुवाकोटका युवा नेता सुमन गिरीले जानकारी दिए ।

कांग्रेस प्रवेश गरेका युवाहरुको माग र भरोसा कांग्रेस नेतृत्वले मात्र पुरा गर्ने भन्दै कांग्रेस प्रवेश गरेको बताएका छन् ।

Advertisement

प्रतिक्रिया