एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिए
विदुर खबर
२०७८ साउन ८ गते १५:१८
नुवाकोट । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् ।
सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए।
२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएका थिए ।
रावललाई एमाले नेता माधव नेपालले भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।
सभामुखलाई भेटेर रावलले जनता र पार्टीको आग्रहअनुसार राजीनामा फिर्ता लिएको बताए।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया