नुवाकोटमा सार्वजनिक यातायात चलाउन प्रशासनको अनुमति

विदुर खबर २०७८ साउन ८ गते ९:१६

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्र चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनलाई चल्न अनुमति दिएको छ ।

Advertisement

जिल्लामा कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालयले गत बैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा घोषणा गरेपछि सार्वजनिक यातायात ठप्प भएको थियो ।

प्रशासनको अनुमति पाएसँगै लामो समय बन्द रहेका सार्वजनिक यातायात निर्वाध रुपमा चल्न पाउने भएका छन् । यससँगे जिल्लाभित्र चल्ने सार्वजनिक यातायात आजबाट निर्वाध रुपमा चल्ने थालेका छन् ।

Advertisement

प्रशासनले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन  गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेको छ ।

यस्तो छ प्रशासनको विज्ञप्ती

Advertisement

मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन सम्बन्धी सूचना।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामका लागि मिति २०७८/०१/२१ गतेदेखि यस जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भई हालसम्म मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक
लगाइएकोमा “त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने आवश्यक व्यवस्था गृह मन्त्रालयले मिलाउने ” भन्ने नेपाल सरकार (मन्त्रिपरिपद) को निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको च.नं ३७ मिति २०७८/०४/०५ को पत्रबाट लेखी आएकोले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न सकिने व्यहोरा सम्बद्ध व्यवसायी तथा सर्वसाधारणको जानकारीको लागि यो
सूचना प्रकाशित गरिएको छ।

जीवन प्रसाद दुलाल
प्रमुख जिल्ला अधिकारी

प्रतिक्रिया