आजदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण हुने
विदुर खबर
२०७८ साउन ८ गते ८:३५
नुवाकोट । आजदेखि अनलाइनबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ ।
पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।
प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले भोलस् शुक्रबार यो सेवाको उद्घाटन गर्ने छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट यो सुविधा पाईनेछ ।
यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स तयार पारेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय वा अन्य सेवा कार्यालयका सेवाहरू अब यही प्रणालीमार्फत अनलाइनमै उपलब्ध हुनेछन् ।
यो सेवा अन्य प्रदेशका यातायात व्यवस्था कार्यालयमा पनि विस्तार गर्ने तयारीमा केन्द्र सरकार छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया