आजदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण हुने

विदुर खबर २०७८ साउन ८ गते ८:३५

नुवाकोट । आजदेखि अनलाइनबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ ।

Advertisement

पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।

प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले भोलस् शुक्रबार यो सेवाको उद्घाटन गर्ने छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट यो सुविधा पाईनेछ ।

Advertisement

यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स तयार पारेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय वा अन्य सेवा कार्यालयका सेवाहरू अब यही प्रणालीमार्फत अनलाइनमै उपलब्ध हुनेछन् ।

यो सेवा अन्य प्रदेशका यातायात व्यवस्था कार्यालयमा पनि विस्तार गर्ने तयारीमा केन्द्र सरकार छ ।

Advertisement

प्रतिक्रिया