२२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
नुवाकोट । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएकाले ती सांसदलाई कारबाही गर्ने तयारीस्वरूप एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सोमबार ललितपुरको च्यासलमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमतविपरीतको काम भएको भन्दै पार्टीका २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताउनुभयो ।
उहाँले २२ जना सांसदले दिएको जवाफको आधारमा पार्टीले चाल्ने थप कदम तय हुने बताउनुभयो ।आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए ।
देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हीरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहनुभएको छ ।त्यसै गरी, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरू, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई विश्वासको मत दिनुभएको थियो ।
देउवाको सरकार टालाटुली बटुली: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाको सरकार कबाडीको रिसाइकलबाट उठाएर बनाएको भाडाकुँडा जस्तै भएको टिप्पणी गर्नुभएको छ ।सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो– ‘देउवाको विश्वासको मत कबाडीको रिसाइकलबाट भाडाकँुडा बटुलेर बनेको ‘टालाटुली बटुली, कति राम्री पुतली’ भन्ने खालको हो ।’
उहाँले अब सत्ताको दुरुपयोग गरेर आफूहरूमाथि हमला शुरु गर्ने र जनविरोधी कामसमेत शुरु हुने बताउनुभएको छ ।कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको बताउँदै उहाँले माओवादी पार्टीप्रति पनि कटाक्ष गर्दै भन्नुभयो– ‘माओवादी शिथिल छ, नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो ।
हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो ।’ओलीले आफूहरूले १० बुँदे स्वीकार गरे पनि माधव नेपालले नमानेको आरोप लगाउँदै पटक–पटक वार्ताका लागि प्रयास गर्दा पनि देउवालाई भोट हालेरै छोड्ने माधव नेपाल कम्युनिस्ट आन्दोलनको गद्दार भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘एमाले चिचिलो काँक्रो जस्तो अरूले औंला ठडाएर देखाउँदा झरेर जाने चिज होइन, जनताको अपार समर्थन भएको पार्टी हो, सबैलाई याद होस् ।’
ओलीले पार्टीमा गुटबन्दीको महारोगको नेतृत्व गरेका भन्दै माधव नेपालहरूले गरेको गद्दारीका लागि कारबाही गर्ने र गल्ती स्वीकार गरेर आउनेलाई अन्तिम अवसर दिने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया