नुवाकोटमा निषेधाज्ञाको धज्जी उडाउँदै सार्वजनिक यातायात संचालनमा
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको निषेधाज्ञाको धज्जी उडाउँदै नुवाकोटमा सार्वजनिक यातायात संचालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढीरहेको भन्दै यह िसाउन १० गतेसम्म निषेधाज्ञाको समय बढाएपनि जिल्लामा सार्वजनिक यातायातको साधन निर्वाध रुपमा चल्न थालेका छन् ।
लामो समयदेखि आह्वान गरिएको लकडाउनका कारण आफुहरुको व्यवसाय मारमा परेको भन्दै यातायात व्यवसायीहरुले स्वतस्फुर्त रुपमा सवारीसाधन संचालन गरेका हुन् ।
प्रशासनको चरम लापरवाहीको कारण जिल्लामा निषेधाज्ञाको समयमा समेत निर्वाध रुपमा बजार क्षेत्रका पसल तथा सवारीसाधन चलेपछि यातायात व्यवसायीहरुले सवारीसाधन संचालन गरेको बताएका हुन् । जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन संचालन भएसँगै बजार क्षेत्रमा सर्वसाधारणहरुको चहलपहल बढेको छ ।
टिमुरे यातायातका अध्यक्ष प्रकाश जोशीले काठमाडौं उपत्यकाका तिनवट्टै जिल्लामा सार्वजनिक यातयात चलेकोले नुवाकोटका यातायात व्यवसायीहरुले स्वतस्फुर्त रुपमा सवारीसाधन संचालन गरेको बताए ।
उनले जिल्लामा यातायात व्यवसायीहरुले निषेधाज्ञाको कारण सेवा प्रवाह गर्न नसकेको भन्दै अवैध रुपमा रातो प्लेटका सवारी साधनहरु ट्याक्सी, सुमो, अबैध रुपमा संचालित एम्बुलेन्सहरुले मनलाग्दी भाडा असुलेकोले यातायात व्यवसायीले सार्वजनिक सवारी साधन संचालन गरेको बताए । जोशीले लगातारको निषेधाज्ञाले थला परेका ब्यबसायीहरुले विषम परिस्थितिमा पनि ठूलो जोखिम मोलेर आफुखुसी यातायात सन्चालन गरेको बताए ।
नुवाकोटमा हालसम्मको कोरोना संक्रमितको संख्या ६ हजार पुगिसकेको छ भने कोरोना भाइरसको संक्रमणबाट ३७ जनाको ज्यान गएको छ ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३२ पुगेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित





प्रतिक्रिया