Breaking News : प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् ।
आइतबार प्रनितिधि सभामा देउवाले मागेको विश्वासको मतमा पक्षमा १६५ मत र विपक्षमा ८३ मत प्राप्त भएको छ भने तटस्थमा १ मत खसेको छ । विश्वासको मतको पक्षमा १६५ मत प्राप्त भएको नेपाली कांग्रेसका नेता गगन थापाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
उनले पाएको मत प्रतिनिधि सभामा रहेको कुल मतको बहुमत हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुई पटकसम्म गरेको प्रतिनिधि सभा बिघटनलाई सर्वोच्च अदालतले दुबै पटक पुनर्स्थापना गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शेरबहादुर देउवालाई केपी ओली सरकारले शुरुवात गरेको राम्रा कामलाई निरन्तता दिँदै अगाडि बढ्ने बताए । त्यसैगरी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले फुटबलमा रेफ्रीले गोल गरे झैं न्यायापालिकाले गोल गरेर देउवालाई प्रधानमन्त्री बनाएको आरोप लगाए ।
ज्ञवालीको प्रतिउत्तरमा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले न्यायापालिकाले प्रधानमन्त्री नबनाएको बरु प्रधानमन्त्री बनाउने क्रममा भएका गल्तीलाई सच्चाएको बताए । उनले ज्ञवालीलाई इंकित गर्दै संसदको विशेषाधिकार प्रयोग गरेर न्यायालयको अपमान नगर्न चेतावनी समेत दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संविधानको व्याख्या गर्दै मर्म र भावना अनुसार संसद पुनर्स्थापना गरेको बताए । उनले सर्वोच्च अदालतले लोकतान्त्रिक भावना अनुसार संविधानको ब्याख्या गरेको बताए ।
उनले १४९ जनाको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा जाँदा प्रधानमन्त्री नियुक्त नगर्नु संविधान विरोधी काम भएको बताउँदै सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) को ब्याख्या मात्रै गरेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया