​रसुवामा भीड नियन्त्रण तालिम,प्रहरीको केन्द्रीय नीति अन्तरगत तालिम सञ्चालन

विदुर खबर २०७५ साउन २२ गते १२:५३

रसुवा,  रसुवामा प्रहरीलाई एक हप्ते भीड नियन्त्रण तालिम प्रदान गरिएको छ । प्रहरीको केन्द्रीय नीति अन्तरगत तालिम सञ्चालन गरिएको हो ।

Advertisement

प्रहरीले आफ्नो काम कर्तब्य र जिम्मेवारीलाई व्यवसायिक ढंगले निर्वाह गर्न सकुन भन्ने उद्देश्यले पुनर्ताजगी तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले जानकारी दिए । भीड नियन्त्रण पुनर्ताजगी तालिममा २५ जना प्रहरी जवान सहभागि भएका थिए । तालिम सात दिनसम्म सञ्चालन भएको उनले बताए । तालिमबाट प्रहरीले आफ्नो कार्यप्रति जागृत भएर अगाडि बढ्न थप उर्जा मिल्ने उनको भनाई छ ।

जिप्रका रसुवाले आयोजना गरेको तालिम जिप्रका रसुवाका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Advertisement

प्रतिक्रिया