बहादुरसिंह लामालाई मन्त्री बनाउन नुवाकोटका काङ्ग्रेस कार्यकर्ता माग

विदुर खबर २०७८ साउन २ गते १६:२९

नुवाकोट । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य , युवा नेता तथा सभासद बहादुर सिंह लामालाई बर्तमान सरकारमा मन्त्री बनाउन नुवाकोटका काङ्ग्रेस कार्यकर्ताहरुले माग गरेका छन्।

Advertisement

काङ्ग्रेस कार्यकर्ताहरुले सामाजिक संजाल लगायत विभिन्न माध्यम प्रयोग गर्दै लामालाई मन्त्री बनाउन आग्रह गरेका छन्। नुवाकोट बाट समानुपातिक कोटाका सभासद लामा यस अघिको संसदमा प्रत्यक्ष निर्वाचित सभासद थिए। लामाले नुवाकोटको विकासमा दिएको योगदानलाई कदर गर्न नुवाकोट बाट लामालाई मन्त्री बनाउनु पर्ने नेपाल बिद्यार्थी संघका क्षेत्रीय अध्यक्ष विजय गुरुङले  बताए ।

२०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिभावान नेता बहादुर सिंह लामा भौतिक योजना तथा पूर्वाधार मन्त्रि बनेमा नुवाकोटको बिकास तथा नयां योजना लागु गर्न सकिने त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसका स्ववियु सचिब पंकज रोक्काको तर्क छ । नेपाली कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिनु भएका लामाले जिल्लाको लागि महत्वपूर्ण योगदान दिएका छन् ।

Advertisement

साथै एमाओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई दोस्रो संविधानसभा निर्वाचनमा भारी मतले हराएर सभासद चुनिएसँगै उनले  जिल्लाको लागि उल्लेखनीय काम गर्नुभएका कारण बहादुर सिह लामालाइ मन्त्रि बनाउनु पर्ने नेबिसंघ बिद्यार्थी नेता राम कृष्ण भट्ट बताउछन । नेपाली काँग्रेसका नेता तथा निर्माण ब्यावसायी लामा बिभिन्न संघ संस्थामा आवद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय हुनु हुन्छ।

नेता बहादुरसिह लामालाइ मन्त्रि बनाउन नेपालि काँग्रेसका जिल्लातहका नेतालगायत , नेविसंघ, तरुण दल लगायत अन्य भातृ संगठनसमेत सामाजिक संजालमा क्रियाशील रहेको छ ।

Advertisement

प्रतिक्रिया