नुवाकोटमा आज ४८ जना कोरोनामुत्त भएर घर फर्किए

नुवाकोट । नुवाकोटमा आज ४८ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४८ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ५ सय ५३ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २९ जना कोरोना संक्रमित थपिएका छन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार ३७ जनाको पिसिआर र २३ जनाको एन्टीजेन परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार एकसय ६६ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका १२ जना रहेका छन् । यस्र्तै तारकेश्वर गाउँपालिकामा ९ जना कोरोना संक्रमित भेटिँदा बेलकोटगढी नगरपालिकामा ३ जना संक्रमित भेटिएका छन् ।
यस्तै ककनी र तादी गाउँपालिकामा समान २÷२ जना कोरोना थपिदा पन्चकन्या गाउँपालिकामा एकजना संक्रमित भेटिएका छन् ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म २९ हजार ७ सय ९९ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया