सेयर बजारमा ४४ अंकको गिरावट

विदुर खबर २०७८ असार २८ गते १६:४५

नुवाकोट । सेयर बजारमा ४४.९८ अंकको गिरावट आएको छ ।

Advertisement

आइतबार ३३ अंकले बढेको बजारमा सोमबार उच्च गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ८५४ दशमलव ९८ अंकमा आइपुगेको छ । एक दशमलब ५५ प्रतिशतले घटेको बजारमा कारोबार रकम भने ९ अर्ब ९८ करोड पुगेको छ ।

Advertisement

‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स सोमबार ८.५८ अंकले ओरालो लागेको छ । सोमबार दोस्रो बजारमा २२९ कम्पनीको दुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता सेयर ९२ हजार १९२ पटक कारोबार भएको थियो ।

आज समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा ५.२४ प्रतिशतको बढोत्तरी आउँदा लगानीकर्ताले दोस्रो बजारमा सबैभन्दा धेरै कमाए । यस्तै युनियन र खानीखोला हाड्रोपावर तथा आरेन्टल होटलका लगानीकर्ताको सम्पत्ति सोमबार पाँच प्रपितशत भन्दा बढीले घट्यो ।

Advertisement

सोमबार निर्धान उत्थान लघुवित्त, एनआईसी एसिया बैंक, राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयर र नबिल बैंकको सेयरको उच्च कारोबार भएको थियो ।

निर्धन उत्थान लघुवित्तको ४९ करोड, एनआईसी एसिया बैंकको ३४ करोड र राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयर २९ करोड भन्दा बढीको सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।

प्रतिक्रिया