मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँट

विदुर खबर २०७८ असार २८ गते १२:५३

नुवाकोट ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ ।

Advertisement

सोमबार ११ बजेतिर आइपीओ बाँडफाँट भएको छ । कुल आवेदनमध्ये रितपूर्वक आवेदन दिने १९ लाख ५१ हजार ५२१ लाई आइपीओ बाँडफाँट भएको हो । जसमा ३६ हजार ३४९ जनाले १० कित्ता र त्यसैमध्येका २ जनाले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकितका दरले ३ लाख ८९ हजार साधारण सेयरमध्ये ६ हजार ५९ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

Advertisement

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।

Advertisement

कस्तो छ वित्तीय अवस्था ?
आर्थिक वर्ष २०७६/७७मा कम्पनीको कुल सञ्चित नाफा ४६ लाख २२ हजार रुपैयाँ रहेको छ भने आव २०७७/७८ मा कुल सञ्चित नाफा २ करोड ९६ लाख ७६ हजार हुने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी आव २०७८/८९ मा ८ करोड ८८ लाख ४० हजार र आव २०७९/८० मा १५ करोड ७३ लाख १७ हजार हुने प्रक्षेपण गरिएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ आव २०७६/७७ मा ११०.८४ रहेकोमा आव २०७७/७८ मा १३२.८८ रुपैयाँ, आव २०७८/७९ मा १८६.८१ रुपैयाँ र आव २०७९/८० मा २७२.९० रुपैयाँ प्रक्षेपण गरिएको छ ।

त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी आव २०७६/७७ मा ६.८५ रुपैयाँ रहेकोमा आव २०७८/७९ मा २६.५१, आव २०७८/७९ मा ५३.४० रुपैयाँ र आव २०७९/८० मा ८५.३३ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया