जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेलाको लागि व्यवस्थापन उपसमिति गठन
रसुवा, आगामी भदौ १० गते जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थित रुपले सम्पन्न गर्न आज विभिन्न उपसमिति गठन भएका छन् ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार स्वास्थ्य, सरसफाइ, दर निर्धारण, आर्थिक व्यवस्थापन, वातावरण प्रचारप्रसारसमेतका नौ उपसमिति गठन भएका छन् । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा रहेको गोसाइँकुण्ड जिन्दगीमा एक पटक भए पनि जानैपर्ने धार्मिक मान्यता छ । यस वर्ष १५ हजार भक्तजनको आगमन हुने अनुमान गरिएको छ ।
काठमाडौँबाट गोसाइँकुण्डसम्म जाने बाटामा काठमाडौँ–त्रिशूली बजार–धुञ्चे, सुन्दरीजल–हेलम्बु र काठमाडौँ–नर्जा–यार्सा छन् । मोटरबाटो भने काठमाडौँ–धुञ्चेसम्म मात्र छ । भक्तजनलाई भोज र बासस्थानका लागि पूर्वतयारीमा रहनलाई व्यवसायीलाई आग्रह गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । स्थायी होटल कम भएकाले यथेष्ट रुपमा अस्थायी छाप्राको निर्माण गर्न पनि भनिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाको अगुवाइमा हिमालय उद्धार संघलगायत विभिन्न संस्थाले प्राथमिक उपचारको प्रबन्ध मिलाउने अध्यक्ष डिएमले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया