त्रिशुली अस्पताललाई अपाङ्गता मैत्री स्वचालित बेड हस्तान्तरण
नुवाकोट । अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटले त्रिशुली अस्पताललाई अपाङ्गता भएका बिरामीहरुको लागि अपाङ्गता मैत्री विद्युतीय स्वचालित आईसियु बेड तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
मञ्चको समन्वयमा कोभिड-१९ आपतकालिन सहायता प्रतिकार्य कार्यक्रम परियोजना अन्तर्गत जर्सी ओभरसिज ऐड र ह्याण्डिक्याप इन्टरनेशनलको साझेदारीमा उपलब्ध उक्त सामाग्री अपाङ्ग मानव अधिकार मञ्चका सचिव लोचन भट्टराईले अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
परियोजना अन्तर्गतबाट त्रिशुली अस्पतालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपाङ्गता भएका बिरामीहरुले प्राथमिकता पाउने गरी अपाङ्गता मैत्री विद्युतीय स्वचालित आईसियु बेड, बिपुआईपि, प्यासेन्ट मनिट र सिरिङ्ग पम्प १/१ थान उपलब्ध गराईएको कोभिड-१९ आपतकालिन सहायता प्रतिकार्य कार्यक्रमका कार्यक्रम अधिकृत गोकर्ण पुडासैनीले जानकारी दिए । यस्तै, हस्तान्तरण गरिएको सामाग्रीहरुमा सर्जिकल मास्क र पञ्जा १/१ हजार थान, फेसशिल्ड १०० थान, प्लस अक्सिमिटर ५ थान, पिपिई ६८ थान रहेका छन् ।
मञ्चका सचिव लोचन भट्टराईले अस्पतालमा आउने सम्पुर्ण सेवाग्राहीको लागि अपाङ्गता मैत्री स्वाचलित आईसियु बेड तथा उपलब्ध गराईएको स्वास्थ्य सामाग्रीले अपाङ्गता भएका बिरामीको उपचारमा र स्वास्थ्यकर्मीको लागि थप सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि यस मञ्चले साझेदार निकाय स्थानिय सरकार र अस्पतालसँग समन्वय गरी निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।
हस्तान्तरित सामग्री बुझिलिदै त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डन डा. दिपेन्द्र पाण्डेले कोरोनाकालमा त्रिशुली अस्पतालको स्तरोन्नतिका लागि सहकार्य गरी अस्पतालको आवश्यकता अनुसार कार्य गरी सेवाग्राही र कर्मचारीहरुको मनोबल उच्च राख्न सहयोग पुर्याएकोमा आभार व्यक्त गरे ।
सन् २०२० डिसेम्बरदेखि सञ्चालन भएको कोभिड प्रतिकार्य सहायता कार्यक्रमले अस्पतालमा बृहत् क्षति योजना अपडेट, स्वचालित खानेपानी धारा निर्माण, आइइसि कर्नर निर्माण, डिजिटल बोर्ड स्थापना, स्वास्थ्यकर्मीलाई प्रेषण बिमा सुविधा, पिपिई लगायतका अन्य सुरक्षात्मक सामग्री हस्तान्तरण गरिएको परियोजनाका फिल्ड संयोजक रामशरण थापाले जानकारी दिए । कोभिड प्रतिकार्य सहायता कार्यक्रम परियोजना २०२१ जुलाई ३० मा समापन हुने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने
किन नजिकिँदैछन् ओली र दाहाल ?





प्रतिक्रिया