स्वास्थ्यमन्त्रीद्वारा कोभिड युनिफाइड अस्पतालको निरीक्षण

विदुर खबर २०७८ असार २७ गते १०:०६
नुवाकोट । स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको बारेमा जानकारी लिनुभएको छ । उहाँले अब आउन सक्ने तेस्रो वेभको गम्भीरतापूर्वक तयारी गर्न निर्देशन दिनुभएको छ ।

अस्पताल भ्रमणका क्रममा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा. जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।

Advertisement

अस्पतालले सय वेडको आइसीयू सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसीयूसहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्माले आज आइतबार अस्पताल भवन उद्घाटन गर्नु अघिल्लो दिन शनिबार अस्पतालको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गर्नुभयो ।

Advertisement

उहाँले भन्नुभयो–‘अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुहोला । कोभिड अस्पतालको रूपमा रहेको यो अस्पताललाई पूर्णरूपमा सञ्चालन ल्याउनुहोला ।’ सरकारले देखिनेगरी सबै पूर्वाधार तयारी गरिसकेको छ । अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

स्वास्थ्य सचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई सबै सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले तेस्रो वेभलाई मध्यनगर गरी सबै तयारी थालेको बताउनुभयो । कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताउनुभयो ।

Advertisement

मन्त्री श्रेष्ठले अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल गर्न निर्देशन दिनुभयो । यो अस्पताल सबै नेपालीको हो, यसको बिस्तार र विकासका लागि सरकारले सबै सहयोग गर्नेछ । मन्त्री श्रेष्ठले अस्पतालको आइसीयू वार्ड, अक्सिजन प्लान्ट लगायत सबै संरचना अवलोकन गर्नुभएको थियो । प्रम ओलीले २०७४ सालमा शिलान्यास गर्नुभएको सो भवन प्रम ओलीले नै उद्घाटन गर्न लाग्नुभएको हो ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिनुभयो । उच्च प्राथमिकतामा रहेका विदेश जाने तयारी गरिरहेका श्रमिक, शिक्षक, सबै मन्त्रालयका कर्मचारी, यातायात मजदुर, फ्रन्टलाइनमा खटिने लगायतलाई उच्च प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया