हवल्दारको आफ्नै भाइद्वारा हत्या
नुवाकोट । पारिवारिक विवादलाई लिएर विराटनगरमा आफ्नै दाजुको हत्या भाइले गरेको खुलेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वीचोक घर भएका ४२ वर्षीय भोला सिंहको हत्या ३१ वर्षीय साजन सिंहले शुक्रबार राति चक्कु प्रहार गरी घरमै हत्या गरेको खुलेको हो ।
लागूऔषध दुव्र्यसनी रहेका साजनले मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार गरेर दाजुको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताउनुभयो । उहाँका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद भएपछि राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ । गम्भीर घाइते भएका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पु¥याए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताउनुभयो । उहाँका अनुसार हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो ।
साजन लागूऔषध दुव्र्यसनी हुन् । शुक्रबार राति मदिरा सेवन गरेर घर आएका थिए । चार तलाको घर भए पनि उनी भुइँतलाको बायाँ कोठामा बस्दै आएका थिए । उनी मदिरा सेवन गरेर करिब ९ बजे घर आए । उनी विवाहित हुन् । तर, केही महिना अगाडि श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । शुक्रबार राती घरमा आउँदा सम्बन्ध विच्छेद गरेका श्रीमतीलाई देखेपछि विवाद गर्न थाले । नशालु पदार्थ खाएर साजनले दैनिकजसो श्रीमतीलाई कुटपिट गरेपछि आजित भएर सम्बन्ध विच्छेद भइसकेको परिवारले जनाएको छ ।
‘सधैं मादक पदार्थ र लागूऔषध सेवन गरेर घरमा श्रीमतीलाई कुटपिट गर्ने र यातना दिने गरेको खुल्यो’, प्रहरी स्रोतले भन्यो– ‘झै–झगडा र अत्याचार सहन नसकेपछि श्रीमतीले सम्बन्ध विच्छेद गरेको पाइएको छ ।’ उनीसँग सम्बन्ध विच्छेद भए पनि श्रीमती भने साजनका परिवारकै सदस्यको संरक्षणमा थिइन् । आफूसँग नाता टुटाइसकेकी श्रीमतीलाई घरमै संरक्षण दिएर राखिएको भन्दै साजनले विवाद गरेर परिवारमा झैझगडा सुरू गरे ।
‘साजनले कोठामा भएको फर्निचरको सामान तोडफोड गरेपछि भाउजू र दाजुले सम्झाइबुझाइ गरेका थिए । अटेरी भएर कोठाको सरसमान तोडफोड गरेपछि झोलाले भाइलाई कुटपिट गरेका रहेछन् । त्यसपछि भोला बाटोतिर गए । माहोल शान्त भयो होला भनेर भोला सुत्न आफ्नो कोठामा छिरेर बसेका मात्र के थिए । साजनले चक्कुले दाजुको घाँटी, हात र टाउकामा प्रहार गरे । भोला त्यही ढले ।’ –अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
दाजु हत्या गरेपछि पनि साजन घरमै बसेका थिए । दाजुलाई धारिलो हतियार प्रहार गरेपछि उनी भुइँतलादेखि माथिल्लो तलामा बाथरुममा गएर बसेका थिए । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ र मोरङ प्रहरीबाट खटिएको टोलीले साजनलाई घरभित्र रहेको बाथरुमदेखि पक्राउ गरेर शुक्रबार राति लगेको प्रहरीले जनाएको छ ।
लागुऔषधका दुव्र्यसनी रहेका साजनलाई विगतमा पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो । घटनाको गम्भीर ढंगले अनुसन्धान सुरु गरिएको एसपी जिसीले बताउनुभयो । दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान थालिने उहाँको भनाइ छ । विराटनगर–५ पृथ्वीचौक घर भएका ४२ वर्षीय भोला सिंह राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौंडा गएका थिए । आफ्नी आमा बिरामी रहेको थाहा पाएका भोला तालिम सकिएपछि वैशाखमा विराटनगरस्थित घरमा आएका थिए । उनी राष्ट्रिय अनुसन्धानमा जागिर खाएको एक दशक बढी भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया