दुप्चेश्वरमा स्थानिय तहमै पहिलो १० बेडको ‘चाइल्ड आइसोलेशन वार्ड’
नुवाकोट । बुधबार विहानैदेखी दुप्चेश्वर गाउँपालिकाको वडा नं. ६ स्थित समुन्द्रटार स्वास्थ्य चौकीमा फरक किसिमको चहलपहल थियो ।
स्वास्थ्य चौकीको आइसोलेशन भवनमा गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य, वडा नं. १ का अध्यक्ष सुनबहादुर तामाङ, आधार डेभलपमेण्ट नेपालका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालको टोली र स्वास्थ्यकर्मी लगायतलाई भ्याइनभ्याई भइरहेको देखिन्थ्यो ।
यो दौडधुप दुप्चेश्वर गाउँपालिकामा १० बेडको सुविधासम्पन्न बालमैत्री आइसोलेशन वार्ड स्थापना गर्नका लागि भएको थियो । बालमैत्री आईसोलेशन वार्डका लागि आवश्यक बेड लगायत सम्पूर्ण चिकित्सा सामग्री (मेडिकल इक्विपमेण्ट) को सहयोग गाउँपालिकाको अनुरोधमा आधार डेभलपमेण्ट नेपालले गरेको हो ।
कोभिड १९ को आगामी भेरिएण्टले बालबालिकालाई बढी असर पार्न सक्ने देखिएका कारण बालमैत्री आइसोलेशन वार्ड सञ्चालनमा ल्याइएको दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले बताइन् । सम्भवतः दुप्चेश्वरमा स्थापना गरिएको बालमैत्री आइशोलेशन देशभरका स्थानिय तहस्तरमा पहिलो हो ।
आधार डेभलपमेण्ट नेपालले आइसोलेशनका लागि आवश्यक चिकित्सा सामग्रीका साथै दुप्चेश्वर गाउँपालिका भरका ९१ जना महिला स्वास्थ्य स्वयम् सेविकाका लागि पीपीई सेट, अक्सिमिटर लगायत आवश्यक सेफ्टी किट समेत वितरण गरेको छ ।
खासगरेर गाउँघरमा अग्रपंतिमा खट्ने महिला स्वास्थ्य स्वयम् सेविकाहरुको सुरक्षा महत्वपूर्ण भएका कारण यस किसिमको सहयोग गरिएको आधार डेभलपमेण्ट नेपालका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालको भनाई छ । घरमै आइसोलेट भएर बसेका संक्रमितहरुको सपोर्टका लागि महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई उपलब्ध गराइएका यी सामग्री उपयोगि सिद्ध हुने उनी बताउँछन् ।

आधार डेभपलपेण्टले यस अघि पनि दुप्चेश्वर गाउँपालिकाको वडा नंं ६ स्थित स्वास्थ्य चौकीका लागि १० थान अक्सिजन सिलिण्डर, डिजिटल अक्सिमिटर, ५ सय थान मेडिकल ग्लोब्स, ३० जना महिला स्वास्थ्यकर्मीलाई मिन्स्युरेशन हाईजिन किट सहयोग गरेको थियो ।
आधारले आइसोलेशनमा बस्न आउने पहिलो ४९ जनाका लागि दैनिक प्रयोगमा आउने ब्रस, टुथपेष्ट लगायत आवश्यक समाग्री समेत सहयोग गरेको छ । विपद्को पूर्वतयारी स्वरुप स्थापना गरिएको यस वर्ड अन्ततः बालबालिकाका साथै आमाहरुको लागि समेत उपयोगी हुने ढकाल बताउँछन् । विपद्लाई समेत अवसरका रुपमा लिन सक्नुपर्ने उनके तर्क छ ।
आधार डेभलपमेण्ट नेपालले गाउँपालिकाकै वडा नं १ स्थित घ्याङफेदी मा.वि.लाई नमुन विद्यालय बनाउन आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । यसबाहेक आधारले देशका अति विकट क्षेत्रमा विभिन्न किसिमको सहयोगका कार्यक्रम संचालन गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की

प्रतिक्रिया