नेप्सेमा गिरावट कायमै, लगानीकर्ता ‘पर्ख र हेर’ कै अवस्थामा

विदुर खबर २०७८ असार २३ गते २१:५४

नुवाकोट । बुधबार पनि नेप्से सूचकमा गिरावट कायमै रहेको छ। बुधबार पनि नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा झरेको छ। यता सेन्सेटिभ सूचक पनि १.५० अंकले घटेको छ।

Advertisement

असार मसान्त नजिकिदै गर्दा लगानीकर्ताले बजारमा खरिद चाप बढाउन सकेका छैनन् जसले गर्दा नेप्से सूचक निरन्तर घटिरहेको छ। अर्कोतर्फ मौद्रिक नीति आउने समय समेत नजिकिदै गर्दा केन्द्रिय बैंकले मौद्रिक नीतिमा कस्तो नीति ल्याउला भन्ने अन्योलका कारण बजारले गति लिन सकेको छैन।

पछिल्ला दिनहरुमा लगानीकर्ता समेत अन्योलमै देखिन्छन्। अहिले धेरै लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् जसले गर्दा कारोबार रकम समेत खासै बढ्न सकेको छैन।

Advertisement

यस दिन २२२ वटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य बढेको छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ।

Advertisement

यस दिन सिभिल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ भने सामुदायीक लघुवित्तको २.८४ प्रतिशत, साधना लघुवित्तको २.५९ प्रतिशत, कालिका माइक्रोको २.३३ प्रतिशत र नारायणि डेभलपमेन्ट बैंकको २.१५ प्रतिशतले बढेको छ।

बुधबार माथिल्लो तामाकोशीको शेयरमूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दी हाइड्रोपावरको ५.१९ प्रतिशत, राधी विद्युतको ३.७३ प्रतिशत, शिव श्री हाइड्रोपावरको ३.५५ प्रतिशत र घलेम्दी हाइड्रोको ३.२८ प्रतिशतले घटेको छ।

यस दिन छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको २६ करोड १६ लाख, हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख र निर्धन उत्थान लघुवित्तको १३ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया