नुवाकोटमा वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम शुभारम्भ

विदुर खबर २०७८ असार २३ गते १६:३१

नुवाकोट । नुवाकोटमा वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम शुभारम्भ गरिएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारमा रहेको मनमोहन स्मृति पार्कमा वृक्षारोपण गरि वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम –२०७८ को शुभारम्भ गरिएको हो ।

युवा संघ नुवाकोटद्वारा आयोजित वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रमको उद्घाटन रााष्ट्रिय युवा संघका महासचिव रमेश आचार्यले बेलको विरुवा रोपेर गरेका थिए ।वृक्षारोपणमा बेल,चाप,कागती ,सिसौ,रुख कटर,तेजपत्ता लगायतका करिब ५ सयभन्दा बढी बिरुवा रोपिएको थियोे ।

Advertisement

कार्यक्रममा युवा संघका सचिव एवं वागमती प्रदेश संगठन कमिटी सह– ईन्चार्ज महाराजा गुरुङ, नेपमा नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिन्दा ढुङ्गाना ,विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, संघका सचिवालय सदस्य द्वय आर्यान श्रेष्ठ र राजु तिवारी केन्द्रीय सदस्य कमरेडहरु दिपेश खड्का,सुरेश भण्डारी , केदार थपलिया लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको युवा संघ नुवाकोटका जिल्ला अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य प्रज्वल सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया