१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
नुवाकोट । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको काम नगरेको भन्दै विभिन्न १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायी र आपूर्तिकतालाई २ वर्षसम्म कालोसूचीमा राखेको हो ।
सोनिका अग्रवालको पूजा ट्रेडिङ एन्ड अर्ड सप्लायर्स, निकेश अधिकारीको शैलुङ इन्टरप्राइजेज, विभत्सु थापाको डिएमएस बुट इन्डिस्ट्रिज र भरतराज ढकालको मुक्तिनाथ कृषि कम्पनीलाई २ वर्षका लागि कालो सूचीमा राखिएको हो ।
खगेन्द्र निरोलको फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेज, शान्ता थापाको हिमालय कन्स्ट्रक्सन, हिरामणि पौडेलको सन्देश सौगात ट्रेड सप्लायर्स, पूणबहादुर बस्नेतको चुन चुन फार्मेसी, लक्ष्मीकला महतको गुरा निर्माण सेवा, बीएन महतोको कमला पोलिथिन एण्ड प्लास्टिक इन्ड्रस्टिज, अशोक गोयलको अम्बा स्टोर, मनोज शाही ठकुरीको निजर स्टिल फर्निचर उद्योग, हेमन्तबहादुर खड्काको न्यू सिद्ध देउराली ट्रेडर्स, पासाङ लामाको सोयाङ निर्माण सेवा र भलबहादुर राईको एसपी निर्माण सेवालाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मिती देखी लागु हुने गरी निर्माण व्यवसायी/आपुर्तिकर्तालाई कालोसूचीमा राखिएको हो ।
उक्त निर्माण व्यवसायी ÷आपूर्तिकर्तालाई कालोसुचीमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका छन् । सार्वजनिक खरिद अनुमगन कार्यालयले सबै सार्वजनिक निकायहरुलाई जानकारी गराइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया